नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि. बीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरु लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाण्डौं र सोल्टी वेस्टेंड प्रिमियर,नेपालगञ्जमा कार्ड प्रयोग बापत खाना र पेय पदार्थमा १०% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लि. का भाइस प्रेसिडेण्ट सूदर्शन चापागाईका बीच उक्त सम्झौता हस्ताक्षर भएको थियो । बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा सोल्टी ईन्टरप्राइजेज प्रा।लिका कम्पनी सचिव मूक्ति श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया