सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वित्तीय संस्थाको खुद नाफा १५३.४९% ले बढेर १ करोड ३८ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस संस्थाले ५४ लाख ४९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले समग्र नाफा माथि लैजान सहयोग पुर्याएको दखिन्छ । सम्भावित जोखिममा छु्ट्याउने रकम पनि घटेको छ । कर्जा जोखिम कम हुँदा यस कोषमा राख्ने रकम पनि घट्न जान्छ ।

अघिल्लो वर्ष सम्भावित जोखिम कोषमा १ करोड १२ लाख ९ हजार रुपैयाँ राखिएको थियो । यसपटक यो कोषमा २६ लाख ८२ हजार रुपैयाँ छ । यसअवधिमा खुद ब्याज आम्दानी ४०.८५% ले बढेर ५ करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४ करोड २ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफामा पनि उलेख्य सुधार आएको छ ।

अघिल्लो वर्ष ८५ लाख ६४ हजार रुपैयाँ रेहको सञ्चालन नाफा गत वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा २ करोड १९ लाख २५ हजार रुपैयाँ पुगेको छ । सपोर्टले असार मसान्तसम्ममा १६ करोड ९८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८७ करोड ५७ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । जगेडा कोषमा २ करोड ३२ लाख २४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १९ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया