बैंक अफ काठमाण्डू लिमिटेडले ३ लाख १६ हजार १५६ कित्ता शेयर भदौ १ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारणहरुले भदौ ८ गतेसम्म शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको नागपोखरीमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

लिलामीमा बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीका लागि १० अंकको गुणांकमा बोलपत्र पेश गर्नुपर्ने हुन्छ।

बोलपत्र पेश गर्दा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिव्यक्ति/संस्था सीमाको अधिनमा रही आवेदन दिन सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया