एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लकडाउनको पछिल्लो तीन महिनाको अवधिममै इन्स्योरेन्सको खुद नाफा ६ करोडले सुधार गरेको हो ।गत चैतसम्म कम्पनीको नाफा १३ करोड ३३ लाख थियो । अघिल्लो आवको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै पाँच गुणा तथा पछिल्लो त्रैमासमा मात्र एक तिहाई हो । इन्स्योरेन्सले असार मसान्तसम्ममा ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्ले यस्तो शीर्षकमा ३८ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

७९ हजार ५०२ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सले १२० वटा बीमालेख नवीकरण गराएको छ । इन्स्योरेन्सले ४ हजार बढी दाबी वापत ९९ करोड ४५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ ।

चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ पुर्याएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा तथा मूल्य आम्दानी अनुपात २३ गुणाले बढी छ ।

कम्पनीको जगेडा कोषमा २७ करोड ४५ लाख रुपैयाँ सञ्चित गरेको इन्स्योरेन्सको बीमा कोषमा ३२ करोड ६० लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ रहेको इन्स्योरेन्सको प्रतिशेयर कुल सम्पत्तीको मूल्य २१६ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया