लिवर्टी ईनर्जी कम्पनीले स्थानीय बासिन्दाको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आईपीओ साउन २४ गते बाँडफाँट गरेको हो ।

कम्पनीले साउन ७ गतेदेखि २१ गतेसम्म १५ लाख कित्ता आईपीओ लमजुङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्कासन गरेको थियो ।

बाँडफाँटमा परेका शेयरहरुको विवरण कम्पनीको वेबसाइटमा तथा धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलमा राखेको कम्पनीले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया