प्रि–अलोटमेण्ट आइतवार नै सम्पन्न गरिएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको साधारण शेयर मंगलवार बाँडफाँट गर्ने तयारी गरिएको छ ।

गत साउन १६ गतेदेखि २१ गतेसम्म एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर विक्री गरेको थियो ।

सोमवार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए मंगलवार बाँडफाँड गर्ने क्यापिटलको जनाएको छ ।  यस कम्पनीको साधारण शेयरमा ४ लाख २८ हजार १५३ जनाको आवेदन गरेका थिए । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको हो ।  कम्पनीको साधारण शेयरमा मागभन्दा ५ दशमलव २४ गुणा बढी आवेदन परेको थियो ।

तपाईको प्रतिक्रिया