रिजल्ट हेर्न यहाँ क्लिक लेखेको ठाउँमा थिच्नुहोस

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणहरुको लागि बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ मंगलबार बाँडफाँड गरेको हो। आइपीओमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आइपीओ खरिदको लागि आवेदन परेको थियो। कम्पनीको आइपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले शेयर नपाउने भएका छन्।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो। कम्पनीको साधारण शेयर सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको थियो।

 

 

 

तपाईको प्रतिक्रिया