नवलपुर जिल्लाको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । कागज उद्योगको ईतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल वन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो । नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईन्डष्ट्रिज प्रा.लिको नाम बाट नयाँ कागज उद्योग सञ्चालन आएको हो । उद्योगले नवलपुरस्थित आरुङ्गखोलामा विस २०७५ सालदेखि स्थापना भई भरतपुरमा केन्द्रिय कार्यालय रहेर झण्डै दुई बर्षको मिहिनेत पछि आफ्नो उत्पादन बजारमा ल्याउन लागेको छ । मुख्य रुपमा काटुन बनाउने कागज उत्पादन पहिलो चरणमा सुरु गर्न लागेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए । नेपालमा प्याकेजिङ्गका लागि भारत र चीनसहित तेश्रो मुुलुकबाट आयात गर्ने अवस्था थियो । निकट भविष्यमा सेतो कागज पनि यहि उत्पादन गर्ने र मुलुकको कुल खपत आधा हिस्सा आगट्ने लक्ष्य राखेका उनको भनाई छ ।


“नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिदै हामीले नयाँ कागज उद्योग सञ्चालन ल्याएका हौँ उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले भने, लामो समयमा विभिन्न व्यापार व्यवसायमा अनुभव बटुलेका युवा व्यवसायीहरुले स्वदेशी कच्चा पदार्थमै नयाँ प्रयोग गर्दै क्वालिटी पेपर ईन्डष्ट्रिज प्रा.लि जन्मीयो ।”


कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग सञ्चालन ल्याएको प्रबन्ध निर्देशक राजन पियाले जानकारी गराए । उनले युरोपियन प्रबिधिको प्रयोग गरी वातावरण प्रदुषणलाई रोक्न यो कागज उद्योग स्थापना भएको दावी गरेका छन् । यस उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ । “नेपालमा खेर जाने कागजजन्य फोहर हाल सस्तो मुल्यमा विदेश निर्यात हुँदै थियो उनले भने, अबदेखि स्वदेशमा नै यसको पुनः प्रयोगमा ल्याउनु हाम्रो मुख्य उद्देश्य पनि हो ।”स्वदेशमा नै रोजगारी सिर्जन गरेर देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ४ जना युवाहरु र प्रभू बैक लिमिटेडको सहकार्यमा १ सय करोड रुपैयाँ लगानीमा उद्योग सुरु हुन लागेको हो । उद्योगले स्थानीय १ सय ५० जनालाई रोजगारी दिने बताएको छ ।
उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा उत्पादन बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिए ।यस्तै देशमा धेरै पत्रपत्रिकाहरुमा समेत रहेका छन् जसका लागि विदेशबाट कागज आयात गरी प्रकाशन हुने गरेकोमा यस्तो कागजसमेत यहाँ नै उत्पादन सुरु गर्ने उद्योगको तयारी छ ।

तपाईको प्रतिक्रिया