कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघमा आबद्ध सदस्यहरुलाई बिना धितोमा प्रोफेशनल कर्जा प्रवाह गर्ने भएको छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र संघका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले बैंकको केन्द्रीय कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ। सम्झौतापछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा लिन सहज हुने कुरामा आफु विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए । साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले बताए ।

तपाईको प्रतिक्रिया