नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आ.ब. २०७५/०७६ को सञ्चालन मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आगामी साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने गरी १५% नगद लाभांश र २.५% बोनस शेयर गरी कुल १७.५% लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

तीन अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ४६ करोड २३ लाख ९३ हजार ९८३ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ भने बोनस शेयरमा लाग्ने कर नगद लाभांशबाटै कट्टा गर्ने जनाएको छ ।

बोनश शेयर पछि कूल चुक्ता पुँजी तीन अर्ब १५ करोड ९६ लाख ९२ हजार ६५७ पुग्नेछ । साउन ३० गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठक लाभांश वितरण सम्बन्धी निर्णय गरेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया