धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा मर्ज वा एक्विजिसन प्रक्रियामा हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भइरहने अवस्थाको अन्त्य हुने भएको छ । कम्पनीहरु मर्ज हुने तथा एक्विजिसन प्रक्रियामा जाँदा लगानीकर्ताले झन्डै १ वर्षसम्म शेयरधनीहरुको लगानी रोक्का भएर अन्योल हुनुपर्ने अवस्था थियो । शेयरधनीको अन्योलताको अन्त्य गर्दै नेपाल धितोपत्र बोर्डले “सूचीकृत सङ्गठित संस्था आपसमा मर्ज तथा एक्विजिसन सम्बन्धी निर्देशिका” ल्याउन लागेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूूचीकृत कम्पनी मर्जर वा प्राप्तिमा जानु परे नेपाल धितोपत्र बोर्डको पूर्वस्वीकृति लिनुपर्ने तथा स्वाप रेसियो पनि बोर्डबाट पारित गराउनुपर्ने प्रस्ताव निर्देशिकामा गरिएको छ । धितोपत्रको कारोबार र विनियमावली व्यवस्थित गर्न सूचीकृत संस्था मर्ज गर्ने तथा एक्विजिसनका लागि बोर्डले नयाँ निर्देशिका ल्याउन प्रक्रिया अगाडि बढाएको छ । प्रस्तावित निर्देशिकाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितका लागि धितोपत्रको कारोबार र विनियमावली व्यवस्थित गर्ने, कारोबारी संस्थाहरू गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विद्यमान प्रावधानलाई सरलीकरण गर्ने बोर्डले जनाएको छ । बोर्डले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको कारोबार र विनिमयलाई व्यवस्थित गर्न सूचीकृत संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी कार्यलाई नियमित तथा व्यवस्थित गर्न निर्देशिका ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया