युनाइटेड इन्सुरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफा बढेको छ । यसअवधिमा नाफा ६०.४४% ले बढेर ३ करोड ४१ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ करोड १२ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बिमा कोषको आकार पनि ६.०७% ले बढेर ३० करोड ८० लाख १ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा २९ करोड ३ लाख७१ हजार रुपैयाँ थियो ।

यता, खुद बिमा शुल्क पनि ३७.८१% ले बढेर ३१ करोड ८० लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा २३ करोड ७ लाख ५२ हजार रुपैयाँमात्र थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीले २२ करोड ३८ लाख ३१ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम ४३ करोड ४ लाख २८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९४ पैसा छ ।

तपाईको प्रतिक्रिया