नाडेप लघुवित्तको गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा घटेको छ । यसअवधिमा नाफा १ करोड ३१ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ जुन अघिल्लो वर्षको तुलनामा ४५.९१% हुन आउछ । अघिल्लो वर्ष वित्तीय संस्थाले २ करोड ४३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो । लक डाउनका कारण नाफा प्रभावित भएको कम्पनीले जनाएको छ । यस अवधिमा लक्ष्य अनुसारको काम गर्न नसकेको कम्पनीको भनाइ छ । केन्द्रीय बैंकको निर्देशन अनुरुप ३% ले ब्याजदर छुट दिंदा नाफा प्रभावित भएको हो । यसैगरी, लगानी वृद्धिबाट आउनुपर्ने थप लक्षित ब्याजदर प्राप्त नहुँदा नाफा घटेको कम्पनीको दाबी छ ।

नाडेपको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका अनि खराब कर्जा बढेकाले पनि खुद नाफा घट्न दबाब परेको देखिन्छ । यसअवधिमा खुद ब्याज आम्दानी ८.१३– ले घटेर २५ करोड ३२ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले २७ करोड ५७ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७७.४१% ले घटेर १ करोड ३४ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यसले ५ करोड ९७ लाख २४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । असार मसान्तसम्ममा खराब कर्जा अनुपात ०.४६% ले बढेर ४.६७% पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा ४.२१% थियो । यसअवधिमा प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ५८ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया