इन्फिनिटी लघुवित्तको नाफा २६ प्रतिशत बढी भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ७४ लाख १९ हजार खुद नाफा गरेको हो । यो नाफा अघिल्लो वर्ष सोहि अवधिमा ३ करोड ७५ लाख १० हजार रहेको थियो ।

कम्पनीले अघिल्लो वर्षभन्दा २६ प्रतिशत बढी ७ करोड ५२ लाख ६८ हजार सञ्चालन नाफा गरेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ८३ दशमलव ७९ प्रतिशत बढी कायम भएको छ । अघिल्लो वर्ष ४ करोड २६ लाख ३१ हजार रहेको जगेडा कोष रकम गत वर्ष ७ करोड ८३ लाख ५५ हजार कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ४९ करोड ४० लाख १ हजार कर्जा सापटी लिएको कम्पनीले १ अर्ब ९५ करोड ३६ लाख १५ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष कम्पनीले ६१ करोड २० लाख २१ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले कर्जा सापटी ४४ प्रतिशत बढी लिएको छ भने कर्जा प्रवाह ३३ प्रतिशत बढी गरेको छ । त्यस्तै निक्षेप संकलन १९ प्रतिशत बढी भएको छ । चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २० दशमलव ७९ र प्रतिशेयर नेटवर्थ १३४ दशमलव ३५ रहेको छ ।

तपाईको प्रतिक्रिया