जन उत्थान सामुदायिक लघुवित्तले मर्जर समिति गठन गरेको छ। कम्पनीले अन्य लघुवित्तसंग मर्जर तथा प्राप्तिमा जानको लागि संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि समिति गठन गरेको हो ।

मर्जर समितिको संयोजकमा संचालक रेवन्तबहादुर विश्वकर्मा छन् भने सदस्यमा संचालकद्वय मानबहादुर विश्वकर्मा र नरेन्द्र कँडेल रहेका छन्।

रुपन्देहीको बुटवल केन्द्रीय कार्यालय रहेको यो संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरुलाई आपसमा गाभ्ने वा प्राप्त गर्ने नीतिअनुरुप यो समिति गठन गरेको हो। यो समितिले मर्जर प्रयोजनका लागि उपयुक्त लघुवित्तको पहिचान गर्ने, आवश्यक छलफल तथा गृहकार्य गर्ने जिम्मेवारी दिइएको संस्थाले जनाएको छ।

लघुत्तिले १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित गरेको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्तीय संस्थालाई हकप्रद निष्कासनमा रोक लगाएपछि मर्जरलाई जोड दिएको हो।

तपाईको प्रतिक्रिया