जनकपुर लघुवित्तलाई गाभेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.ब.को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७६÷७७ मा ७ करोड ७६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ, लघुवित्तले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ३४ लाख ६७ हजार रुपैयाँ अर्थात ४.६७ प्रतिशतले धेरै हो।

खराब कर्जा अनुपातमा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी व्यवस्था बढ्दा अघिल्लो आवको तुलनामा ८ करोड २२ लाख रुपैयाँले बढ्दा लघुवित्तको सञ्चालन नाफा ४९ प्रतिशतले घटेर ५ करोड ७ लाख ८ हजार रुपैयाँमा झरेको छ। यद्यपी कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ पुरानो कर्जा असुली गर्दा नोक्सानी व्यवस्थाबाट फिर्ता भएकाले लघुवित्तको नाफामा सन्तोजनक सुधार आएको हो।

अघिल्लो आवको नाफाबाट २६.७५ प्रतिशत बोनस वितरण गरेपनि पूँजीकरण नगरेकाले लघुवित्तको प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ। ३४ करोड १६ लाख १२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १.०२ रुपैयाँ बढेर २२.७४ रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.८० प्रतिशतले बढेर २५ करोड ४२ लाख २६ हजार रुपैयाँ पुगेको छ। लघुवित्तको जगेडा कोषको आकार ७.९७ प्रतिशत वृद्धि भई १२ करोड १९ लाख सञ्चित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३५.७१ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया