यो साता २ दिन लगातार घटेको सुनको भाउमा तेस्रो दिन मंगलबार भने पुनः बढोत्तरी भएको छ। आज सुनको भाउ तोलामै २ हजार २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको भाउ पनिबढोत्तरी भएको छ। आज तोलामा ६५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँ घट्दै १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया