कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज मंगलबार साँझ ५ बजे सिंहदरबार बस्ने भएको छ। कोरोना भाइरसको संक्रमण बढीरहेपछि आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो।

संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने बुझिएको छ ।

अहिले स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन् तर सरकारले घोषित रूपमा लकडाउन भने गरेको छैन ।

तपाईको प्रतिक्रिया