लिवर्टी ईनर्जीको आईपीओ खरीदको लागि २ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार आइतवार पाँच बजेसम्म कम्पनीको आईपीओमा ७३ लाख १७ हजार ७०० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ । यो सर्वसाधारणमा विक्रीमा ल्याएको शेयरको २ दशमलव शून्य ५ गुणा धेरै हो ।

यसअघि आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानीयका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरी साउन २४ गते बाँडफाँट गरेको हो ।

स्थानीयलाई जारी गरिएको मध्ये विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्तासमेत जोडेर सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।

कम्पनीको आईपीओ निष्कासन बन्द मिति छिटोमा आज (भदौ ७ गते) सम्म रहेको छ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । चुक्तापूँजीमा संस्थापकतर्फ ७५ प्रतिशत, सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

तपाईको प्रतिक्रिया