नेपालमा पैसा पठाउनका लागी सानिमा एक्सप्रेस मनि ट्रास्फर ज्याक्सनहाइटबाट शुरु सेवा शुरु गरेको छ । व्यवसायी प्रदिप श्रेष्ठद्धारा सञ्चालित मनि ट्रस्फरको उदघाटन हिन्दु पण्डितद्धारा धार्मिक मन्त्रोचरणसंगै नेपाली कन्सुलेटको महाबाणिज्यदुत पुष्पराज भट्टराई र सञ्चालक श्रेष्ठका दुई छोराहरुले संयुक्त रुपमा रिबन काटि उदघाटन गरेका थिए । नेपालमा सानिमा बैकसंगको समन्वयमा अमेरिकाबाट पठाएको पैसा देशभरि यो सेवा दिन लागेको श्रेष्ठले बताए ।

ज्याक्सनहाइटस्थित डेलिहाइट रेष्टुरेन्ट माथिको तल्लामा खोलिएको सानिमा एक्सप्रेस हरेक दिन विहान ११ देखि बेलुकी ८ बजेसम्म खुल्ने व्यवसायी श्रेष्ठले बताए ।

नेपाली समुदायको सेवा र सुविधाको लागी अन्य स्थानमा भन्दा बढि दरमा ३ हजार डलरसम्म पठाउन ५ डलर सेवा शुल्क लिएका छौ व्यवसायी श्रेष्ठले भने हामी नेपाली समुदायको साथ र सहयोगको अपेक्षा राखेका छौ ।

तपाईको प्रतिक्रिया