एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरको १२५ रुपैयाँ ५० पैसा र साधारण शेयरको प्रारम्भिक कटअफ मूल्य ६०५ रुपैयाँमा कटअफ भएको छ । सम्पूर्ण कार्य सम्पन्न भई नसकेकोले उक्त मुल्यमा सामान्य हेरफेर हुनसक्ने क्यापिटलले जनाएको छ । भदौ ९ गते मंगलबार प्रतिकित्ता ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको इन्स्योरेन्सको साधारण शेयरको कटअफ मूल्य ११२ रुपैयाँ तल कायम भएको हो।

लिलाम बिक्री गरिएको शेयरमा कूल ७९ हजार ८५३ दशमलव २५ कित्ता साधारण शेयर खरीदका लागि १ हजार ५७३ वटा र ८१ हजार २२४ दशमलव ७५ कित्ता संस्थापक शेयर खरीदका लागि २० वटा आवेदन परेको विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ।

इन्स्योरेन्सले साउन २२ देखि २९ गतेसम्म लिलामी बिक्री गरेको अवितरित हकप्रद शेयरको बोलपत्र बोलपत्र आज ११ बजेदेखि खोलिएको हो।

तपाईको प्रतिक्रिया