फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बुधबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। संस्थाले चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ९.५०% बोनस सेयर र ४.१८% गरि जम्मा १३.६८% लाभांश (करसहित) शेयरधनीलाई बाड्ने घोषणा गरेको छ ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया