समृद्धि फाइनान्सको १ः२ बराबरको हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । हकप्रदका लागि कम्पनीले शुक्रबार भदौ १२ गते बुक क्लोज गर्दैछ । आज भदौ ११ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । समृद्धिले धितोपत्र बोडबाट १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ ।

उक्त हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा बीओके क्यापिटल मार्केटलाई दिइएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट २००५ हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया