उन्नती लघुवित्त र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको उन्नती सहकार्यको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । मर्जर पश्चात कायम भएको १४ लाख ९५ हजार ३६६ दशमलव ५० कित्ता शेयर कम्पनीले भदौ ११ गते नेप्सेमा सूचीकृत गराएको हो । उन्नती र सहकार्य लघुवित्त १ः०.७५ को अनुपातमा मर्जरमा गएका थिए ।

मर्जरपश्चात यी दुई कम्पनीले गत असार २६ गतेदेखि उन्नती सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् । मर्जर प्रयोजनका लागि २०७६ साउन १० गतेदेखि रोक्का रहेको उन्नती लघुवित्तको शेयर कारोबार आइतवारदेखि सुचारु हुने भएको छ ।

नेप्सेले मर्जर प्रकृया पुरा गरी शेयर सूचीकरण गराएपश्चात उन्नतीको शेयर कारोबार बिहीवार फुकुवा गरेसँगै आइतवारदेखि कारोबार सुचारु हुने भएको हो ।

तपाईको प्रतिक्रिया