कोभिड–१९ को समस्यालाई सामना गरिरहेका झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका स्थित गोपालडाँडा २ बुधबारेमा विगत केही समय अगाडीबाट देखा परेको अज्ञात कीराको प्रकोपले पनि किसानलाई चिन्तत बनाई रहेको छ । स्थानिय सोमनाथ खतिवडाले बताए अनुसार अज्ञात कीराको प्रकोपले स्थानीयले लगाएको  बालीनाली, फलफुल अन्नबालीमा ठुलो क्षति पुर्याएको छ ।
सलह कीरा जस्तै देखिने झुन्ड सहित समूहमा रहेका कीराहरूले धानबाली, आँप, बडहर र अन्य रूखहरूमा समेत फैलिएको बताउनु भयो । जोखिम न्युनिकरण गर्नका लागि विभिन्न औषधिउपचार, किटनाशक विषादी समेत प्रयोग गर्दा समेत रोग नियन्त्रण बाहिर गएकोले वरीपरीका रूख समेत काट्दै कीरा व्यवस्थापन गरिदै आएको उहाँले बताउनु भयो ।

कोभिड(१९ संग जुधिरहेको आजको यश अवस्थामा अज्ञात कीराको प्रकोप नियन्त्रण बाहिर जान सक्ने त्रासले किसानलाई थप चिन्तित बनाएको समेत बताएका छन् । अन्नबालीमा आत्मनिर्भर रहेको यश जिल्लामा अहिले देखिएको अज्ञात कीराको प्रकोपले भोलिका दिनहरूमा अन्नबाली लगायत फलफुल बालीको उत्पादनमा प्रत्यक्ष असर पार्ने देखिएको छ । त्यसैले यश अज्ञात कीराको उपचार एवं रोगको पहिचान गर्न सम्बन्धित निकाय र सम्बन्धित पालिका, वडा र जिल्ला कृषि अनुसन्धान केन्द्रको सकृय पहलको आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया