उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। संस्थाले प्रतिसेयर अंकित मूल्य रु. १०० दरका १ लाख २६ हजार कित्ता सेयरबराबर १ करोड २६ लाख रुपैयाँको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा नेपाल एसबीआई मर्चेन्टलाई नियुक्त गरेको हो। यसका साथै संस्थाको सेयर रजिस्ट्रारमा पनि नेपाल एसबीआई मर्चेन्ट नै नियुक्त भएको छ।

सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्टकी प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शारदाकुमारी खत्रीले हस्ताक्षर गरेका छन्। नेपाल एसबीआई मर्चेन्ट नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

तपाईको प्रतिक्रिया