लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस  क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा सोमबार १२ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा सबैभन्दा धेरै २५ हजार ६२० जनाले ४० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, ४८ हजार २२१ आवेदकले ३० कित्ता, ४५ हजार ४८ जनाले २० र ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन्  ।  (रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस ।)

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्द भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र सेयर बाँडफाँट गरिएको हो । कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।
त्यस्तै, समाज लघुत्तिव वित्तीय संस्थाको पनि आजै साधारण शेयर बाँडफाँड भएको छ । यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएका ५ लाख ४७ हजार ३७० आवेदकमध्ये गोलप्रथाबाट ८ हजार ७० आवेदकले मात्र १० कित्ताको दरले सेयर पाएका हुन् । सेयरको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भदौ ४ गतेदेखि ८ गतेसम्म निश्कासन भएको कुल ८० हजार ७०० कित्ता आइपीओ खरीदका लागि ५ लाख ४७ हजार ९२८ आवेदकबाट १ करोड १४ लाख ७४ हजार ६८० कित्ताको माग गर्दै आवेदन परेको थियो । यसमध्ये ५५८ आवेदन दोहोरो परेकोले रद्ध भएको र उनीहरुले माग गरेको सेयर ९ हजार ७६० कित्ता समेत रद्ध गरिएको थियो । यसपछि कुल १ करोड १४ लाख ६४ हजार ९२० कित्ता सेयर माग भएकोमा अत्यन्त न्यून र भाग्यमानी लगानीकर्ताले मात्र सेयर पाएका हुन् ।

तपाईको प्रतिक्रिया