नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले एकदेखि दुई वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा राख्न लागेको हो।
कोषले निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न सूचना प्रकाशित गरेको छ।
मुद्दती निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले साउन २१ गते दिउँसो २ बजेभित्र सिलबन्दी आवेदन गर्न सक्ने कोषले जनाएको छ ।
कोषले २०७७ असोज १० गतेसम्म भुक्तानी म्याद सकिने मुद्दती निक्षेप समावेश गरिएको समेत जनाएको छ ।


Online Arthik










