रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ शेयरधनीको खातामा जम्मा भएको छ । इन्स्योरेन्सको शेयर आरएलआई (RLI) संकेतमा लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ देखि ८ गतेसम्म कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ५६ लाख ७० हजार कित्ता आईपीओ जारी गरेर १२ गते शुक्रबार बाँडफाँड गरेको थियो ।

जसमध्ये गोलाप्रथाबाट कूल ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले आईपीओ शेयर प्राप्त गरेका थिए ।
आगामी सातादेखि शेयर कारोबारमा आउने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया