सुपर माई हाइड्रोपवर लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असोज १७ गते सभा डाकेको हो। सभा कम्पनीको काठमाण्डौको बानेश्वरस्थित रजिस्टर्ड कार्यालयमा आयोजना हुने भनिएको छ।

सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको ७.१५ प्रतिशतले हुन आउने २ करोड ८२ लाख ७३ हजार ७०५ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन हुनेछ। सभाले वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरुमाथि छलफल गरी पारित गर्नेछ।

तपाईको प्रतिक्रिया