सेवा नै धर्म हो भन्ने नारालाई आत्मसाथ गर्दै रमाईलो संगसंगै सामाजिक दायित्व समेत बहन गर्दै आएको छ । यसै क्रममा रमाईले सेवा समूह परिवारले बिर्ता सिटी अस्तपालमा फोक्सोमा पानी जमेर उपचार गराई रहेकी पूर्णिमा दासलाई रकम रु १६ हजार सात सय ७० रुपैपा बरावरको आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक सहयोग ग्रुपका सचिब श्री कृष्ण घिमिरे र उपाध्यक्ष किरण भट्टराईले बिरामीको परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।

यस ग्रुपले रमाईलोको साथसाथै आर्थिक स्थिती कमजोर भएकाहरुको पहिचान गरी उनीहरुको स्वास्थ्योपचारमा केही सहयोग गर्ने उद्देश्यले यस ग्रुपको थालनी भएको र आगामी दिनहरुमा पनि सामाजिक सञ्जालको माध्यमबाट यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिईरहने ग्रुपका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया