महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– (अक्षेरेपी एक सय रुपैयाँ मात्र) दरका ४,००,००० कित्ता शेयर बराबर रु.४,००,००,०००/– (अक्षेरेपी चार करोड रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

तपाईको प्रतिक्रिया