रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको २ करोड १० लाख कित्ता शेयर भदौ २२ गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

कम्पनीले ६३ लाख कित्ता साधारण शेयर सहत कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात रहेको छ।

सोमबार नेप्सेमा शेयर सूचीकरण भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

कम्पनीले सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । यससँगै रिलायन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सनराइज क्यापिटल कमलपोखरी मार्फत हुनेछ ।

तपाईको प्रतिक्रिया