आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको शेयर नेप्सेमा किनबेच गर्न पाइने भएको छ ।

कम्पनीले भदौ २२ गते नेपाल स्टक एक्सचेञ्जमा २ करोड १० लाख कित्ता शेयर सूचीकृत गराएको छ । कम्पनीको ६३ लाख कित्ता साधारण शेयर सहत कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज दिएको छ ।

तपाईको प्रतिक्रिया