सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीलाई नगद लाभांश वितरण गरेका छन् । बुक क्लोज मितिसम्ममा खाता अध्यावधिक गराएका इकाईधनीहरुलाई भदौ १७ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेका हुन् । दुवै फन्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थक क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सिद्धार्थ इक्विटी फण्डले ७.५% र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ५% (कर सहित) वितरण गरेका हुन् । यसआधारमा सिद्धार्थ इक्विटी फण्डले ११ करोड २५ लाख र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६ करोड रुपैयाँ नगद लाभांशमा खर्च गरेका छन् ।

तपाईको प्रतिक्रिया