नेपाली बजारमा भदौ २४ गते बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम तथा तेजावी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्यमा भने ५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया