नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको चौथो दिन आज (बुधबार) बढेको छ । आज नेप्से १३ दशमलव ५ अंकले बढेको हो ।  आज नेप्से बढेर १ हजार ५०८ दशमलव २० विन्दुमा कायम भएको छ भने दुई अर्ब ५६ करोड ३४ लाख बढीको कारोबार भएको छ ।

कूल १९४ वटा कम्पनीकाे ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १ सय ८६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

लगानीकर्ताहरु विशेषगरी बिमा र लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएका छन् । नेप्से सूचक बुधबार १३.०५ अंकले बढेर १५०८ विन्दुमा आइपुगेको छ । १९४ कम्पनीको २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये बैंकिङ र विकास बैंक समूहबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २६१.८१ अंकले बढेको छ ।

तपाईको प्रतिक्रिया