काठमाण्डौ उपत्यकामा जारी रहेको निषेधाज्ञा खुकुलो बनाउने टुंगोमा तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु पुगेका छन् । गृह मन्त्रालयले आवश्यक निर्णय गर्न निर्देशन दिएपछि काठमाण्डौका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले समेत बिहीबारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्र खुलाउने निर्णय गरेका छन् ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बिहीबारदेखि नै काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन चल्न पाउनेछन् । तर, यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरिनेछ ।

यस्तै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा व्यापार व्यवसाय समेत संचालन गर्न दिइनेछ ।

यातायात र व्यापार तथा व्यवसाय बाहेकका क्षेत्रका लागि भने आज मध्यरातिसम्म कायम निषेधाज्ञा भदौ ३१ गतेसम्मका लागि लम्ब्याउने निर्णय भएको उनले जानकारी दिएका छन् ।

प्रजिअ दाहालका अनुसार बिहीबारदेखि खुल्ने क्षेत्र तथा खोल्न नपाइने सेवा तथा क्षेत्रको सूचि साँझसम्म सूचना जारी गरी सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया