बिहीबार सुनको भाउप्रति तोला ४ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदीको भाउ प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको थियो ।

 

तपाईको प्रतिक्रिया