युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडेले २ करोड ७० लाख रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ।  संस्थाले प्रतिसेयर रु. १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।

अहिले संस्थाको चुक्तापुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ। अधिकृत पूँजी १० करोड रहेको संस्थाको जारी पूँजी भने ९ करोड रुपैयाँ रहेको छ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा संस्थाबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया