भदौ २९ गतेदेखि लागू हुने गरी समितिले कोरोना बीमा मापदण्ड २०७७ र कोरोना बीमा पोलिसी संसोधन गरेको हो ।

समितिले कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गर्दै स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त सबै ल्याबको कोरोना पोजेटिभ रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कोरोना बीमाको दावी भुक्तानी लिन स्थानीय निकायको सिफारिस समेत पेश गर्नुपर्नेछ भने अस्पताल भर्ना भएकाले डिस्चार्ज पेपर तथा घरैमा आईसोलेशनमा बसेकाले स्थानीय निकायबाट प्रमाणित गराई सो कागज पेश गर्नुपर्ने व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।

त्यस्तै समितिले कोरोना बीमा पोलिसीमा पनि संशोधन गरेको छ । संसोधित व्यवस्था अनुसार बीमा पोलिसी अब व्यक्तिगत रुपमा खरिद गर्न पाइने छैन । समितिले पहिला व्यक्तिगत पोलिसी खरिद गर्ने व्यवस्थालाई परिवर्तन गर्दै पारिवारिक मात्रै खरिद गर्न पाइने व्यवस्था गरिएको जनाएको छ ।

कोरोना बीमा गर्नेको जनविश्वास बढिरहेको बेलामा समितिले निजी प्रयोगशालाको परीक्षणलाई नमान्ने भएपछि समितिको चौतर्फी आलोचना भएको थियोे । समितिले लागू गरेको पहिलाको व्यवस्थाले कोरोना बीमा गर्नेहरुको आकर्षमा समेत कमि आउन थालिसकेको थियो । तर यो नयाँ व्यवस्थाले कोरोना बीमा गर्नेहरुको जनविश्वास फेरि फर्कने विश्वास बीमा क्षेत्रले लिएको छ ।

 

तपाईको प्रतिक्रिया