निषेधाज्ञाका कारण स्थगित नेपाल फाइनान्सको ८ वर्षको वार्षिक साधारण सभा असोज १० गते एकैपटक हुने भएको छ । कम्पनीले २० औं देखि क्रमशः २७ औं वार्षिक सभा एकैपटक गर्न लागेको हो । सभा संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि यस फाइनान्सले भदौ ११ गते वार्षिक साधारण सभा बोलाएको थियो ।
सभामा कम्पनीले हाल कायम पुँजीबाट १७५% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०६८/६९ देखि २०७५/०७६ सम्मको अर्थात ८ आर्थिक वर्षको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह लगायतका विषयमा पनि छलफल हुँदैछ ।
आर्थिक वर्ष २०७६–७७ का लागि लेखा परीक्षक नियुक्ति तथा कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले साउन २६ गते बुक क्लोज गरेको छ । तसर्थ, साउन २५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया