अग्रज फुड प्रालिले पिकनिक ब्रान्ड पोटेटो क्र्याकर बजारमा ल्याएको छ । सात वर्षदेखि पिकनिक ब्रान्डमा अन्तर्राष्ट्रिय गुणस्तरको बदाम, दालमोठ, नमकिन, भुजिया उत्पादन गरिरहेको कम्पनीले पोटेटो क्य्राकर उत्पादन गरी बिक्री सुरु गरेको जनाएको छ । कम्पनीले ती वस्तुहरु काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित कारखानामा उत्पादन गरी बजारमा पठाउने गरेको छ । कम्पनीले ग्राहकको चाहना अनुसार नयाँ उत्पादन सुरु गरेको जनाएको छ ।

पिकनिक पोटेटो क्य्राकरको बजार मूल्य प्रतिप्याकेट २० रुपैयाँ तोकिएको छ । ‘यो उत्पादनले फरक स्वादको स्न्याक्स प्रतीक्षा गरिरहेका नेपाली उपभोक्ता लाभान्वित हुनेछन्,’ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनयकुमार पौडेलले भने । आगामी दिनमा पनि नयाँ नयाँ खाद्य वस्तु उत्पादन गरी आयात प्रतिस्थापनमा योगदान दिने कम्पनीको योजना रहेको उनले जानकारी दिए छ ।

तपाईको प्रतिक्रिया