जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल सेयर संख्यामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुटयाइएको छ। बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधाणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरुले आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन बन्द छिटोमा असोज १४ गते र ढिलामा असोज २५ गते (बैंकिङ समयपछि) बन्द हुनेछ। हाल ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासन १ अर्ब रुपैयाँ पुग्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik










