गत सातासम्म होटल, हाइड्रोपावर तथा बीमा कम्पनीहरुमा आकर्षित भइरहेका लगानीकर्ता यस दिन बैंक तथा वित्तीय संस्थातर्फ सिफ्ट भएका छन् ।

आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक १.५५ प्रतिशत र विकास बैंकको १.४१ प्रतिशत बढेको छ।

गत साता सर्वाधिक बढेको होटल र हाइड्रोपावर उपसमूहको परिसूचक यस दिन सर्वाधिक घटेको छ। यस दिन होटल उपसमूहको परिसूचक सर्वाधिक ५.१३ प्रतिशत घटेको छ भने हाइड्रोपावर उपसमूहको ४.०६ प्रतिशत घटेको छ।
हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ताहरु बाहिरिन थालेकोले यस दिन होटल, हाइड्रोपावर तथा बीमा कम्पनी कम्पनीको शेयर मुल्य घटेको हो ।

तपाईको प्रतिक्रिया