सेयर बजारमा अल्पकालीन कारोबारी हावी भएका छन् । यस्तो छिटोछिटो कारोबार गर्ने नाफा बुक गर्दा बजार केही प्रभावित भएको छ । अल्पकालीन कारोबारीले थोरै नाफा हुने बित्तिकै बेच्ने गर्छन् । फेरि केही प्रतिशत भाउ घटेपछि किन्ने गर्छन् । अल्पकालीन कारोबारीले सेयर बजारलाई चलायमान बनाउन भने सहयोग पुर्याइरहेका हुन्छ । बजार जोखिम न्यूनीकरणमा समेत यस्तो कारोबारीको योगदान कतिपयको भनाई रहने गरेको छ । आइतबार लगानीकर्ताहरु विशेष गरी बैंकिङ समूहमा आकर्षित भएका थिए । तर सोमबार यस समूहमा आएको चमक पनि टिक्न सकेन ।
बजार बढेपछि सामान्य करेक्सन हुनु स्वभाविक हो । लगातार बढ्ने वा घट्ने मात्र गर्दैन । करेक्सन हुँदै अघि बढ्ने सेयर बजारको विशेषता हो । यतिबेला बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । लगानीयोग्य रकम थुप्रिएपछि ब्याजदर सस्तो हुँदै गएको छ । निक्षेप तथा कर्जा दुवैमा ब्याजदर घटेकाले दीर्घकालमा बजारको गति सकारात्मक हुने विश्वास गरिएको छ ।

लगानीकर्ताहरुले बजारको चाल ख्याल गर्नुपर्छ । बजार सधैं बाटोमा नहिँड्ने भएकाले लगानी गरिएका कम्पनीहरुको वित्तीय सूचक र लाभांश क्षमतालाई पनि विचार गर्नुपर्ने हुन्छ । कम्पनीहरुले विगत वर्षमा दिएको लाभांश, नाफा, रिजर्भ, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतका सूचकहरु पनि अध्ययन गर्न आवश्यक हुन्छ ।  नेप्से सूचक सोमबार ६.१२ अंकले घटेर १५६९.०६ विन्दुमा अडिएको छ । १९५ कम्पनीको २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ८५ लाख ६५ हजार ७८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक ४.३२ अंकले तल झरेको छ । युनाइटेड फाइनान्सको भा १०% ले बढेको छ । यता, लिवर्टी इनर्जी, रैराङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको भाउ करिब १०% ले घटेका छन् । खरिदबिक्रीमा नेपाल बैंक अग्रस्थानमा छ । यसको २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनी, रिलायन्स लाइफ, छिमेक लघुवित्त पनि कारोबार धेरै हुनेमा परेका छन् ।

तपाईको प्रतिक्रिया