इन्स्योरेन्स कम्पनीले धमाधम साधारण शेयर निष्काशन अनुमति पाएका छन् । सोही अनुसार सानिमा जनरल इन्स्योरेन्सले पनि सर्वसाधारणको लागि ३० करोडको प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले सोमबार कम्पनीलाई एक सय रुपैयाँ अंकित दरका ३० करोड बराबरको ३० लाख कित्ता आइपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटललाई निष्काशन गर्नेछ ।

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।

कम्पनी निष्काशनले गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले ुकेयर एनपी वीवी प्लसु रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ।

तपाईको प्रतिक्रिया