सुनको भाउमा आज बुधबार पनि भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँको गिरावट आएको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा झरेको छ।

हिजो मंगलबार पनि सुनको भाउमा १ हजार ७०० रुपैयाँको गिरावट आएको थियो। यो गिरावटसँगै हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा कारोबार भएका थियो।

तपाईको प्रतिक्रिया