युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको गत शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले नगद लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

यद्यपि गत वर्षका लागि प्रस्तावित नगद लाभांश अघिल्लो वर्षको तुलनामा निकै कम हो। अघिल्लो वर्ष कम्पनीले प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट पारित भएको ४५ कार्य दिनभित्र सेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

लाभांश वितरणका लागि कम्पनीले आउँदो कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब कात्तिक २६ गतेभित्र कायम सेयरधनीहरु यो कम्पनीबाट प्रस्तावित लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया