नेसनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १४.५१% धेरै हो । अघिल्लो वर्ष कम्पनीले ९१ लख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३.३९% ले बढाएर ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष यसले बिजुली बेचेर ५ करोड ३९ लाख ५५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । विद्युत उत्पादन वृद्धि गर्नका लागि नयाँ टरबाइन रनर, जेनेरेटर, बालुवा फ्लसिङ गर्ने संयन्त्रहरु विकास गरेको छ । साथै, सिभिल मर्मतका कार्यहरु पनि सम्पन्न गरेकाले त्यसबाट उत्पादन बढ्दा नाफामा सुधार आएको कम्पनीको भनाई छ ।
असार मसान्तसम्ममा नेसनलको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष भने ३६ करोड ७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक छ । नेसनलको प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया